फेसबुकमा परिवर्तन : अकाउन्ट बिना म्यासेन्जर खोल्न नपाइने, ह्वाट्सएपबाटै इन्स्टाग्राममा म्यासेज

 पुस १२, २०७६ शनिबार ९:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो । 

फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो । पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन ।  

यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली विकासको तयारी पनि गर्दैछ । फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ । अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन् । 

आफ्नै ‘अपरेटिङ सिस्टम’ ल्याउँदै फेसबुक 

फेसबुकले आफ्नै ‘अपरेटिङ सिस्टम’ पनि ल्याउँदैछ । जसले फेसबुकलाई प्रतिद्वन्द्वी कम्पनी एप्पलको आईओएस र गुगलको एन्ड्रोइडसँगको निर्भरता हटाउनेछ ।

त्यसका लागि फेसबुकले माईक्रोसफ्टका लागि ‘विन्डोज एन्टी अपरेटिङ सिस्टम’ बनाउने मार्क ल्यूकोवस्कीलाई जिम्मेवारी दिएको छ ।

फेसबुक हार्डवयेरका उप प्रमुख एड्रयू बोसवर्थले कम्पनीको अघिल्लो लक्ष्य अन्तरिक्ष रहेको साबित गर्नका लागि यो काम गरिएको बताए । उनले भने, ‘हामी अरु कोहीसँग निर्भर हुन चाहन्नौँ । हामीलाई चाहिने सबै कुरा हामी आफैँ गर्न चाहन्छौँ ।’ त्यसका लागि नयाँ ‘प्लान्ट’ बनिसकेको उनको भनाई छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया