बैतडीको विकास खर्च निराशाजनक

 पुस १२, २०७६ शनिबार १३:१०:१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी– बैतडीको प्रदेश र संघीय सरकार मातहतका सरकारी कार्यालयको चौमासिक विकास खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको चार महिनामा विनियोजित बजेटको चार प्रतिशतमात्रै विकास खर्च भएकाे छ । 

संघीय सरकार मातहत रहेको बृहत जलाधार केन्द्रले कुल पुँजीगत बजेट २ करोड ९९ लाख रुपैयाँमध्ये प्रथम चौमासिकमा १२ लाख १७ हजार रुपैयाँ मात्विरै कास निर्माणमा खर्चेको छ । यो खर्च विनियोजित बजेटको चार प्रतिशत मात्रै हो ।

यस्तै सडक डिभिजन कार्यालयले यही अवधिमा ७४ करोड ९ लाख ३० हजार पुँजीगत बजेटमध्ये २ करोड ६१ लाख ८६ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल पुँजीगत बजेटको साढे तीन प्रतिशत हो । नयाँ शहर आयोजनाको कुल पुँजीगत बजेट ५० लाखमध्ये कत्ति पनि खर्च हुन सकेको छैन् ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाईको ४ करोड ४९ लाख ६० हजार बजेटमध्ये प्रथम चौमासिकसम्म पनि कुनै रकम खर्च हुन नसकेकाे कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिनुभयो । 

आम नागरिक भने विकासका लागि छुट्याइएको रकम समयमा खर्च नहुँदा असारे विकासको प्रवृति दोहोरिने चिन्तामा परेका छन् । असारे विकासकाे प्रवृतिले गुणस्तरीय काम नहुने भएकाले विकास निर्माणका कार्य समयमै सञ्चालन हुनुपर्ने उनीहरुकाे माग छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया