जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सुनसरी - सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो ।
४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।