इराकमा रहेकाे अमेरिकी दूतावासमा आक्रमण, ट्रम्पले इरानलाई दाेषी ठहराए

 पुस १६, २०७६ बुधबार ६:५६:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – केही दिनअघि मात्र अमेरिकाले इराकमा ईरान समर्थित चरमपन्थी समूहलाई लक्षित गरेको हवाई आक्रमण गरेको थियो । 

यही आक्रमणको विरोधमा इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावास परिसरमा आक्रमण भएको छ । अमेरिकी सेनाले प्रदर्शनकारीहरुलाई तितर बितर पार्न अश्रृग्यास बर्साएको थियो । 

प्रदर्शनकारीहरुले दूतावास परिसर बाहिरको पर्खाल नाघेर भित्र पसेका थिए । दूतावास बाहिर रहेको एक सुरक्षा चौकीमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दूतावामा भएको आक्रमणलाई लिएर इरानको हात रहेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो आक्रमणको पूरै जिम्मेवारी इरानले लिनुपर्छ । 

पश्चिमी इराक र पूर्वी सिरियामा गएको आइतबार अमेरिकाले कताइब हिज्बुल्लाह चरमपन्थी सङ्गठनलाई लक्षित गरेर गरेको आक्रमणमा कम्तीमा २५ जनाले ज्यान गुमाएका थिए । 

अमेरिकाले यो आक्रमण गएको शुक्रबार इराकको किरकुकमा रहेको उसको सैन्य शिविरमा भएको आक्रमणको जवाफको रुपमा गरिएको बताएको थियो ।

अमेरिकी सैन्य शिविरमा शुक्रबार भएको आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया