नेपालमा आज १५ सयभन्दा बढी शिशु जन्मने छन् : युनिसेफ

 पुस १६, २०७६ बुधबार १३:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा आज एक हजार पाँच सयभन्दा बढी शिशु जन्मने संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बाल आपतकालीन काेषा (युनिसेफ) ले जनाएको छ ।

दक्षिण एसियाली देशमा आज ९७ हजार ३ सय ५५ बच्चा जन्मनेमा नेपालमा मात्रै एक हजार ५ सय ६७ शिशु जन्मने देखिएको युनिसेफले जनाएको छ ।

नयाँ वर्षको दिनमा विश्वमा ३ लाख ९२ हजार ७८ जना शिशु जन्मनेमा दक्षिण एसियामा २५ प्रतिशत जन्मने छन् । युनिसेफका अनुसार आज दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा ६७ हजार ३ सय ८५ शिशु जन्मनेछन् ।

त्यसपछि क्रमशः पाकिस्तानमा १६ हजार ७ सय ८७, बंगलादेशमा ८ हजार ९३, अफगानिस्तानमा ३ हजार ३ सय ८७, नेपालमा १ हजार ५ सय ६७, श्रीलङ्कामा ८ सय ८२, भुटानमा ३६ र माल्दिभ्स्मा १८ जना जन्मने देखिएको हो ।

तर यी आठ देशमा झण्डै १० लाख शिशुले समय नपुगि जन्मिएर, शिशु जन्मने बेलामा हुने समस्या र सङ्क्रमणका कारण एक महिनामै ज्यान गुमाउने गरेका देखिएको छ । 

याे पनि पढ्नुस्

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया