बझाङमा चाउमिन बनाउने मेशिनमा दोपट्टा बेरिँदा एक महिलाको ज्यान गयाे

 पुस १६, २०७६ बुधबार १७:१६:२७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - चाउमिन बनाउने मेशिनमा दोपट्टा बेरिँदा खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया पुष्पादेवी श्रेष्ठको ज्यान गएको छ ।

१५ गते मंगलबार बेलुका आफ्नै पासा चाउमिन उद्योगमा काम गरिरहेकी श्रेष्ठको दोपट्टा चाउमिन मेशिनमा फस्दा घाँटि च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा इन्स्पेक्टर ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

श्रेष्ठकाे शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि बुधबारै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ । 

मृतक श्रेष्ठका श्रीमान राज कुमार श्रेष्ठले लामो समयदेखि खप्तड छान्ना गाउँपालिकामा चाउमिन उद्योग सञ्चालन गर्दै आएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया