चैनपुर नगरपालिकाकाे १० नम्बर वडामा खरको छानो हटाउने अभियान

 पुस १८, २०७६ शुक्रबार ११:३:१४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका १० ले परम्परागत खरको छानो हटाउने अभियान सुरु गरेको छ ।

पालिकाले नागरिकहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षित आवासका लागि परम्परागत खरको छानो हटाउने अभियान सुरु गरिएकाे हो । वडा नम्बर १० का वडाध्यक्ष तेजबहादुर कटुवालले आफ्नो वडाभित्रका विपन्न ३३ घरपरिवारलाई रङ्गीन जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो । 

‘परम्परागत खरको छानोले हावाहुरी चल्दा जोखिम निम्त्याउने गर्छ । वडाले अभियान नै चलाए पनि सबै नागरिकले जस्तापाता खरिद गर्न सक्दैनन् । बिस्तारै वडाभित्रका सबै नागरिकहरुलाई  जस्तापाता वितरण गर्छौँ ’, वडाध्यक्ष कटवालले भन्नुभयो  । 

वडा कार्यालय र 'समाज स्पर्श समिति' नामक संस्थाको सहयोगमा जस्तापाता वितरण गरिएको हो । स्थानीय निर्वाचनको समयमा गरिएको प्रतिबद्धताअनुसार आफ्नो कार्यकालभित्र वडावासी सबैलाई खरको छानो मुक्त बनाउने वडाध्यक्ष कटुवालले बताउनु भयो ।

पहिलो चरणमा गरिब तथा विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको र त्यसपछि सुरक्षित आवासका लागि यो कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया