हवाई आक्रमणमा ईरानकाे कुद्स फाेर्सका प्रमुख साेलेमानीकाे ज्यान गयाे

 पुस १८, २०७६ शुक्रबार ९:१८:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गएको छ । 

यो आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । यो आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि ज्यान गएको छ । हवाई आक्रमणमा प्रमुख साेलेमानीसँगै आठ जनाकाे ज्यान गएकाे छ । 

अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’

‘यो हवाई आक्रमण भविष्यमा ईरानी आक्रमणलाई रोक्ने उद्देश्यका साथ गरिएको हो । अमेरिका जहाँ भए पनि ऊ आफ्नो नागरिकको रक्षाको लागि आवश्यक कारबाही गर्न सधैँ तयार छ’, बयानमा भनिएको छ । 

यद्यपि सोलेमानको निधन मध्य–पूर्वसँग जोडिएको एक ठूलो घटनाको रुपमा बताइएको छ । साथै ईरान र यसको समर्थित मध्य–पूर्व शक्तिले अब इसरायल र अमेरिकाविरुद्ध जवाफी कारबाही गर्न सक्ने बताइएको छ । 

गएको आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकमा रहेको कताइब हिजबुल्लाह सङ्गठनको इलाकालाई निशाना बनाएको थियो । जुन घटनामा कम्तीमा २५ जना लडाकु मारिएका थिए । 

यो घटनापछि सोमबार इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकी हवाई आक्रमण उसको देशको सम्प्रभुताको उल्लङ्घन भएको र अमेरिकासँगको सम्बन्धको बारेमा समीक्षा गर्ने बताएका थिए । 

यता कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिसले इराकमा रहेको अमेरिकी सुरक्षा बललाई गतिलो जवाफ दिने बताएका थिए । 

यसपछि मङ्गलबार बगदादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीहरुले आक्रमण गर्नुका साथै अमेरिकी राष्ट्रपतिले यो घटनामा ईरानलाई जिम्मेवार ठहराएका थिए । 

सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधि चलाउने प्रमुख रणनीतिकार मानिन्थयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया