सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी

 पुस १९, २०७६ शनिबार ९:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको ज्यान गएपछि इरानले त्यसको कठोर बदला लिने बताएको छ ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलमा भएको हवाई आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको ज्यान गएको थियाे ।

मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ । अमेरिका र इरानबीचको सम्बन्धमा थप टकराव ल्याउने र युद्दको अवस्था आउन सक्ने देखिएको विश्लेषण छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया