सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
ताप्लेजुङ - आठराई त्रिवेणी गाउँपालिका-२, की १९ वर्षीया मन्दिरा अधिकारीको शव फेला परेको छ ।
बेपत्ता भएकाे ३३ औँ दिन तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर-७ मा तमोर नदीको किनारमा अधिकारीकाे शव फेला परेको हो ।
स्थानीय मछुवाले नदी किनारका शव देखेपछि प्रहरीलाई खबर गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । गएकाे मंसिर १७ गते आठराई त्रिवेणी गाउँपालिका-३, हाङपाङका रमेश अधिकारीले मृतक मन्दिराकाे हत्या गरेर तमोर नदीमा फालेको प्रहरीसमक्ष बयान दिएका थिए । त्यसै बयानका आधारमा शवको खोजी भइरहेको थियो ।
शव फेला परेपछि मन्दिराका आफन्तलाई प्रहरीेले खबर गरेको र आफन्तहरु हातका बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेकाे डीएसपी फुयाँलले बताउनुभो ।
अनुहार भने चिन्न नसक्ने अवस्थामा रहेकाे शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर लगिँदै गरेको पनि डीएसपी फुयालले जानकारी दिनुभयो ।