कपिलवस्तुको मर्यादापुरबाट भारतीय सुरक्षाकर्मीद्वारा नेपाली नागरिक अपहरित

 पुस १९, २०७६ शनिबार १६:५५:४४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - भारतीय सुरक्षाकर्मीले नेपाल भारत सीमाक्षेत्र अन्तर्गत मर्यादापुर सीमानाका नजिकबाट एक जना नेपाली नागरिकलाई अपहरण गरेका छन् ।

शनिबार दिउँसो २ बजे यशोधरा गाउँपालिका वडा नम्बर-८, मटेरियाका ४५ वर्षीय मुवारक खानलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेका प्रहरीले जनाएकाे छ ।

सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका ४ जना भारतीय सुरक्षाकर्मीहरुले खानलाई अपहरण गरी सीमा पार भारतको खुनुवा बजार तर्फ लगेका प्रहरीले बताएका छन् । 

अपहरणमा परेका खानले सीमा पारी खुनुवा बजामा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका थिए । खानलाई भारत तर्फ मोटरसाइकल चोरी तस्करी तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी चौकी मर्यादापुरका प्रहरीहरु र सीमा क्षेत्रमा खटिएका शशस्त्र प्रहरीको टोलीले भारतीय सुरक्षाकर्मीहरुको गाडी रोक्न प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएका छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया