बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् ।
ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन् ।
ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो । गएको शुक्रबार अमेरिकी हवाई आक्रमणमा सुलेमानीको ज्यान गएको थियो ।
यो घटनापछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने बताएको छ ।
ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा निकै साहसपूर्वक बोलिरहेको छ ।’
ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताउँदै भने, ‘निकै महत्वपूर्ण छ । ईरान र उसको संस्कृतिको लागि निकै महत्वपूर्ण छ । ऊ निशानामा छ, ईरानले अमेरिकामाथि आक्रमण गर्छ भने निकै छिटो र मजबुतीका साथ आक्रमण गरिनेछ ।’
— Donald J. Trump (@realDonaldTrump) January 4, 2020
‘अमेरिका अब अरु धम्की चाहँदैन’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ।
ट्रम्पले ती ५२ ठाउँले अमेरिकाको प्रतिनिधत्व गर्ने बताए, जसलाई सन् १९७९ मा ईरानले एक वर्षसम्म बन्दी बनाएर राखेको थियो ।
याे पनि पढ्नुस्
हवाई आक्रमणमा ईरानकाे कुद्स फाेर्सका प्रमुख साेलेमानीकाे ज्यान गयाे |
सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी |
'सुलेमानीकाे हत्यापछि इराकमा रकेट आक्रमण'
इराकी सेनाले राजधानी बगदादसहित कैयाैँ इलाकामा रकेट आक्रमण भएकाे बताएकाे छ । याे रकेट आक्रमण अमेरिकी दूतावासनजिक ग्रीन जाेन, बगदादनजिक जदरिया र अमेरिकी सुरक्षा बल रहेकाे बलाद एअरबेस भएकाे जनाइएकाे छ ।
सेनाले यी आक्रमणमा कसैकाे पनि ज्यान नगएकाे जनाएकाे छ । ईरान समर्थित लडाकुले गएकाे केही हप्तादेखि यस्ताे आक्रमण गर्दै आइरहेका छन् । तर अब अमेरिकाले गरेकाे हवाई आक्रमणमा ईरानका सेना कमाण्डर कासिम सुलेमानीकाे ज्यन गएपछि याे तनाव अझ बढेकाे छ ।
कताइब हिजबुल्ला मिलिसियाले एक बयान जारी गर्दै अमेरिकी बेसलाई कम्तीमा एक हजार मिटर पछि हटाउन इराकी सेनाले भनेकाे थियाे ।