पाँचथरमा सुन्तला उत्पादन बढ्यो

 पुस २२, २०७६ मंगलबार १२:४७:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष ८ सय मेट्रिक टन बढी सुन्तला उत्पादन भएकाे कृषि ज्ञानकेन्द्र पाँचथरले जनाएको हाे ।

जिल्लामा यो वर्ष ७ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । वर्षेनी सुन्तला उत्पादन बढ्दै गएपछि यहाँका किसानहरु सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । 

जिल्लामा ६ सय ९० हेक्टर क्षेत्रफल जमिनमा तीन सयभन्दा बढी किसानले सुन्तला खेती गरेका छन् ।पाँचथरको मिक्लाजुङ, फाल्गुनन्द, कुम्मायक र याङ्वरक गाउँपालिकासँगै फिदीम नगरपालिकाको नाँगिन, याङ्नाम र चोकागुमा सुन्तला उत्पादन हुने गरेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ मा रहेकाे कुरुम्बाका किसानले मात्र यो वर्ष २ करोड  रुपैयाँ बराबरको सुन्तला विक्री गरेका छन् । यो क्षेत्र सुन्तला खेतीको लागि प्रसिद्ध छ ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया