इलाममा दाजुको कुटाइबाट भाइको ज्यान गयो

 पुस २२, २०७६ मंगलबार १८:२:५४ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाममा दाजुको कुटाइबाट भाइले ज्यान गुमाएका छन्। 

ज्यान गुमाउनेमा सुर्योदय नगरपालिका १२ का ४६ वर्षीय हर्कबहादुर रसाइली रहेकाे इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । 

हर्कबहादुरलाई ४८ वर्षीय दाजु रामबहादुर रसाइलीले पारिवारिक झगडा हुँदा काठको पिर्काले हानेर घाइते बनाएकाे पारिवारले  जानकारी दिएकाे छ । दाजुको कुटाइबाट घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचार गरेपछि उनका छोराले साेमबार राति आफ्नै घरमा लगेर सुताएका र बिहान उनलाई ओछ्यानमा मृत अवस्थामा भेट्टाइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनुभयाे ।

कुटपिट गरी हत्या गरेकाे आराेप लागेका दाजु रामबहादुर भने अहिले फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया