सन्तोष साहुखलको कीर्तिमान : घरेलु लिगमा सय गाेल गर्ने पहिलाे खेलाडी

 पुस २३, २०७६ बुधबार १८:५०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् । 

बुधबार दशरथ रंगशालामा नेपाल पुलिस क्लबविरुद्ध १८ औँ मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन्, बुधबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए । उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।

१७ वर्ष अगाडि थ्रीस्टार क्लबबाट व्यावसायिक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । उनले वि.स. २०६० मा थ्रीस्टारबाट ६ गाेल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा फेरि थ्रीस्टारबाटै ६ गोल गरेका थिए ।

त्यसैगरी २०६३ को सिजनमा थ्रीस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६/०६७ मा त्यसै टीमबाट १९ गोल गरे । २०६८ मा मनाङबाट १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया