इंग्ल्याण्डका बलर जेम्स एन्डरसन चाेटग्रस्त : दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेस्टबाट बाहिर

 पुस २४, २०७६ बिहिबार १३:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसन दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेस्टबाट बाहिर भएका छन् ।

दोस्रो टेस्टका क्रममा चोटग्रस्त भएपछि एन्डरसनले बाँकी २ टेस्ट गुमाउने भएका हुन् । मुख्य बलर नै घाइते भएपछि इंग्ल्याण्डलाई भने दबाब बढेको छ । केपटाउनमा एमआरआई गरेपछि एन्डरसनको चोट ठूलो रहेको पत्ता लागेको थियो । त्यसपछि उनी घर फर्किएका थिए ।

पिँडाैलामा लागेको चोटका कारण लगभग ४ महिनापछि इंग्ल्याण्ड टिममा एन्डरसन फर्किएका थिए । ३७ वर्षीय बलर एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा ५ विकेट लिएका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया