ए डिभिजन लिग : त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा

 पुस २४, २०७६ बिहिबार १८:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विभागीय टिम त्रिभुवन आर्मी शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो । आर्मीका लागि खेलको ३० औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गरेको गोल नै निर्णायक बन्यो । आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वती लिगको पुछारमा रहेको छ ।

बिहीबारै भएको पहिलो खेलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । दशरथ रंगशाला, त्रिपुरेश्वरमा भएको खेलमा संकटालाई जिताउन अजयी मार्टिनले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बूले एक-एक गोल गरे ।

एपीएफका नबिन लामा र आशिष लामाले एक-एक गोल फर्काए । जितसँगै संकटा लिगको सातौँ स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया