ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न राष्ट्रपति ट्रम्पलाई न्यायाधीशको आदेश

 जेठ १०, २०७५ बिहिबार १२:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् । 

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुकातर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गराएको थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले राष्ट्रपति ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न आदेश दिएका हुन् । 

न्यायाधीश नामीले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी ट्रम्प र ह्वाइट हाउसले पनि यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया