प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र केही छिनका लागि भएपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई एक-शून्यले हरायो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेलको १० औँ मिनेटमा जाउलाखेलका हरि कठायतले उत्कृष्ट मौका खेर फाले ।
त्यसपछि २३ औँ मिनेटमा फेरि हरि कठायतले पाएको निकै राम्रो मौका खेर फाले। ३० औँ मिनेटमा विशाल राईको फ्रीकिकमा अभिशेक रिजालको प्रहारलाई जाउलाखेलका डिफेन्डरले बचाए ।
त्यसको एक मिनेटपछि मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । ४० औँ मिनेटमा रेजिन शुब्बाले खाली पाेस्टमा गोल गर्न सकेनन् ।
४२ औँ मिनेटमा रेजिनले नै गोल गरे तर रेफ्रीले त्यसलाई अफसाइड दिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले ४८ औँ मिनेटमा बराबरी गर्ने सुन्दर मौका पाएको थियो । उसका कुबेर विष्टको फ्रिकिकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।
त्यसपछि दुवै टिमबाट अरु गाेल नभएपछि मच्छिन्द्रले जाउलाखेलविरुद्ध एक-शून्यको जित निकाल्यो । जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौ अंक रहेको छ ।
जारी लिगमा जाउलाखेलको यो पहिलो हार हो । अब हुने दोस्रो खेलमा यदि मनाङ बराबरीमा रोकिएमा वा पराजित भएमा मच्छिन्द्र शीर्ष स्थानमा यथावत हुनेछ ।