नामाकरणपछि पहिलाे पटक बस्याे वाग्मती प्रदेशकाे मन्त्रिपरिषद् बैठक, यस्ता छन् ७ निर्णय

 पुस २७, २०७६ आइतबार १८:३५:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नाम र राजधानीकाे टुंगाे लागेसँगै पहिलाे पटक बसेकाे वाग्मति प्रदेशको मन्त्रिपरिषदको बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सात वटा निर्णय गरेकाे हाे । 

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७–०७८ को लागि संघीय विषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७–०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

आइतबार मात्र प्रदेश सभाबाट प्रदेशकाे नाम वाग्मती र राजधानी हेटौँडा २ तिहाइ मतबाट पारित भएको थियो । स्थायी राजधानी हेटौँडा र वाग्मति प्रदेश नामाकरण भएपछि आइतबार नै प्रदेश मन्त्रिपरिषदको बैठक बसेको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया