आइतबारको विशेष : प्रदेश ३ ले नाम पायो, प्रतिनिधि सभाले काम पाएन !

 पुस २७, २०७६ आइतबार १९:५२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश ३ को नाम वाग्मती भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकले नाम वाग्मती र राजधानी हेटौंडा हुने गरी टुंगो लगाएको हो ।

यसअघि नेकपाका शीर्ष नेताहरुले केन्द्रबाटै राजधानी र नाम तोकेर यसैअनुसार निर्णय गर्न पार्टीका प्रदेश सांसदलाई निर्देशन दिएको थियो । नेकपाले जे भन्यो, त्यही हुने स्थिति भएकाले कांग्रेस लगायतका दलहरुले पनि यसमा समर्थन जनाएपछि प्रदेश सभाको दुई तिहाई बहुमतबाट नाम र राजधानी टुंगो लागेको हो ।

प्रदेश ३ को नाम र राजधानी टुंग्याउन नेताहरु सफल भए पनि प्रतिनिधि सभाको गाँठो फुकाउन भने अझै असफल छन् । सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।

हेर्नुहोस् आइतबार दिनभरका मुख्य खबर :

प्रदेश ३ काे नाम वाग्मती, राजधानी हेटाैँडा

नामाकरणपछि पहिलाे पटक बस्याे वाग्मती प्रदेशकाे मन्त्रिपरिषद् बैठक, यस्ता छन् ७ निर्णय

नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा प्रतिनिधि सभाको बैठक फेरि स्थगित

‘सत्तारुढ दलले संसदलाई दलगत अनिर्णयकाे बन्दी बनाए’

राष्ट्रिय सभामा पेश भयाे रेल्वे विधेयक : यात्रुमाथि फोहोर फाले ५० हजार जरिबाना हुने

नेपाली युवाहरुमा बढ्दाे युराेप माेह : ठगिने क्रम खाडीबाट युरोपतिर

नेपाल आउने पर्यटकको संख्या घट्यो, सन् २०१९ मा साढे ११ लाख मात्रै पर्यटक भित्रिए

धनुषा हत्या प्रकरण : 'निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचियो'

दिलीप महतो हत्या प्रकरणकाे निष्पक्ष अनुसन्धान गर्न मानव अधिकार आयोगकाे निर्देशन

महरा मुद्दामा बकपत्रका लागि विज्ञ झिकाउन अदालतकाे आदेश

शुपतिमा पर्यटन मन्त्रीकाे आठ घण्टा : मन्दिरदेखि शाैचालयसम्मकाे निरीक्षण

फरार अभियुक्तलाई पक्रन काठमाण्डाैकाे बौद्धमा गोली चल्यो

नेप्से परिसुचकमा उल्लेख्य सुधार : सुधार धेरै समय नटिक्ने विष्लेषण

हप्ताकाे पहिलाे दिन सुनकाे भाउ बढ्याे

डोटीमा भत्काइयो २८ छाउगोठ

चीनसँग भएको पारवहन सम्झाैता कार्यान्वयनमा

नेपालमा आधुनिक उर्जा उत्पादनका लागि यूएईले दियो १ अर्ब १३ करोड

धौवादीको फलाम खानीबाट फलाम उत्खननकाे तयारी

पृथ्वीनारायण शाहका दिव्य उपदेश

पश्चिमका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

अस्ट्रेलियाकाे आगाे झन् भयावह बन्दै, प्रधानमन्त्रीले मागे माफी

इरानले पक्राउ गर्‍याे बेलायती राजदूत

ट्रम्पले भने– 'मैले पाउनु पर्ने नोबेल शान्ति पुरस्कार अरु कसैलाई दिइयो'

ताइवानमा साइ इङ्गले दोस्रो पटक चुनाव जितिन्, चीनलाई झट्का !

एपीएफले जित्याे न्यु डायमण्ड महिला भलिबलकाे उपाधि

ए डिभिजन लिग : छैटौं चरणमा आएर सरस्वतीले अंकको खाता खोल्यो

बिग ब्यासमा सन्दीपले लिए विकेट, सिड्नी सिक्सर्सलाई हराउँदा मेलवर्न स्टार्सकाे आठौं जित

इतिहासकै 'कन्जुस बलर', १३१ बलमा एक रन पनि दिएनन्

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया