जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
चुनावका बेला राष्ट्रवादको नारासहित ठूला ठूला सपना बाँडेर सत्तामा पुगेको सरकारले अहिले त्यसको ठ्याक्कै विपरित रहेर काम गरिरहेको छ । सरकार गन्तव्यहीन र दिशाहीन भएर हिँडिरहेको देखिन्छ ।
चुनावका बेला घोषणा पत्रमा जे उल्लेख गरेर वामपन्थीहरु सत्तामा पुगे, त्योबाट उनीहरु अहिले विमुख भएका छन् । जुन म्याण्डेड लिएर निर्वाचित भएर आएका थिए, अर्थात विदेशी थिचोमिचो र हस्तक्षेपको प्रतिरोध गर्दै राष्ट्रियताको अर्को वैकल्पिक धारको म्याण्डेड लिएर केपी शर्मा ओली प्रधानमन्त्रीमा आए । तर ओली नै त्यसको बर्खिलाप शासन गरिरहेका छन् ।
अर्थात यो सरकार पनि विगत सरकारहरुकै निरन्तरता देखियो । नयाँ पन केही आएन । नेपाली नागरिकको जनभावना अनुसार केही पनि काम हुनै सकेन । सरकार बनेको पनि पाँच महिना पुगिसकेको छ । यो पाँच महिनाको कार्यशैली हेर्ने हो भने नागरिकले जुन आशा र भरोसा गरेका छन्, त्यो अबको पाँच वर्षमा पनि पूरा हुने कुनै छाँट देखिन्न ।
अहिलेको काम गराईले चुनावका बेला राजनीतिक तिकडमबाजी मात्रै गरेको रहेछ भन्ने देखायो । सरकारमा अहिले माओवादी धार पनि सम्मिलित छ । माओवादी धार धेरै हदसम्म भारतबाट प्रभावित छ । समष्टिगत रुपमा भन्नुपर्दा अहिले सरकार बाहिरी दबाब खेप्न नसकेको र विदेशी दबाबका सामु घुँडा टेकेको जस्तो देखिन्छ ।
र अर्को कुरो महाकाली काण्डका बेलामा जसरी बदनाम थियो । खासगरी केपी ओलीको जे बदनामी विगतका समयमा हुँदै आएको थियो, त्यो चरित्र अझै गएको रहेनछ भन्ने अहिलेको काम गराईले पनि प्रष्ट पारेको छ । हामीले हेर्न मात्रै भूल गरेको उनी आफ्नो चरित्रमा अहिले पनि यथावत नै रहेछन् भनेर देखाउँछ ।
किन काममा गैरहेको छैन त सरकार ? कि उसले आफ्नो कार्यभार थाहा नपाएकै हो त ? त्यो त पक्कै होइन होला । अहिले त देशको औद्योगिकरण गर्नुपर्ने हो । कृषिको व्यवसायीकरण गर्नुपर्ने बेला हो । बेरोजगार युवालाई रोजगार दिनु पर्ने हो । नेपालीहरुलाई श्रमजीवि बनाउनु हो । तर सरकारको काम भने यसतर्फ फिटिक्कै हुन सकेको देखिन्न ।
विगतमा काम नगर्ने बेइमान, फटाहा, ठगहरुको पंंक्ति नेतृत्व तहले नै निर्माण गरेको थियो । काम नगर्दा नै चाँडै धनी हुन सकिन्छ र हप्काएर धम्काएर ठगेर नै सम्पती थुपार्न सकिन्छ । गाडी चढ्नुपर्छ, श्रीमती फेर्नुपर्छ, छोराछोरीले महंगो शिक्षा लिनुपर्छ, विदेशमा पढ्न पठाउनु पर्छ भन्ने कुसँस्कृति नेतृत्व तहले नै केही दशकयता जगेर्ना गर्दै आएको थियो । यो सरकार पनि त्यसैको संरक्षणमा लागेको देखिन्छ ।
अब त मेहनती हुनुपर्छ, श्रमजीवि र सृजनशिल हुनुपर्छ । त्यसमा पनि कम्युनिष्ट हुँ भन्नेले त अरुको भन्दा त डबल नै काम गर्नुपर्छ भन्ने जुन एउटा ‘मिनिमम अन्डरस्टान्डिङ’ हो, त्यो हुन सकेको अवस्था छैन ।
अहिले सरकार सबै कुराहरुबाट चुकेर गएको छ । सरकारको काम गराई हेदा उपभोक्तावादी चरित्र हावी भएको देखिन्छ । नेतृत्वको दिशाहीन र अप्रतिबद्धताले पनि यस्तो हुन गएको हो ।
चुनावका बेला राष्ट्रवादी कुरा गरेर आयो एमाले । खासगरी केपी शर्मा ओली । तर ओली सरकारको काम गराईले उनले भन्दै आएको राष्ट्रवादी चरित्रलाई भुत्ते सावित बनाउँदै गएको छ । मूलभूत रुपमा सरकार गन्तव्यहीन छ ।
यसले आफ्नो जवाफदेहीतालाई बुझ्नै सकेको छैन । कहिँ न कहिँ चुकिरहेको ।
सरकारमा रहनेको कार्यशैली । उनका मन्त्रीहरु यिनै हुन् । जहाँ ल्याकतको कुनै पनि एउटा संकेत समेत देखिएको छैन । केपी ओलीको शैली पनि यही नै हो ।
हामीले अलिकति आशा गरेको प्रचण्डबाट हो । तर प्रचण्डको पनि विगत एकदमै अवसरवादी रह्यो । नातावाद, कृपावादमा त सायद उनी जतिको त ओली पनि छैनन् । यी र यस्तै कुराले त अब अपेक्षा गर्ने स्पेस पनि निकै साँघुरो मात्रै छ ।
जसले एउटा राजधानी व्यवस्थित गर्न सकेको छैन । जसले एउटा विश्वविद्यालय व्यवस्थित गर्न सकेको छैन । त्यसले चाहिँ पानीजहाज ल्याउला, रेल कुदाउला, समृद्धि देला भन्छ भने पत्याउने अवस्था नै रहेन ।
सामान्य सडकका खाल्डाखुल्डी पुर्न छाडेर प्रधानमन्त्री आफैले यो खाल्डाखुल्डी मैले पारेको हो र ? भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँड्छन् भने कोसँग आशा राख्नु र ? प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु नै दुःखद हो ।
यस्तो भाषाबाट उनको कार्यशैली र तरिकामा अहमता देखिन्छ । जे बोले पनि हुन्छ । जे गरे पनि हुन्छ भन्ने खालको अहम छ । नागरिकले पाँचवर्षका लागि जिताएका छन् । यो पाँच वर्ष कसैले हटाउन सक्दैन भन्ने खालको एक प्रकारको रवाफ देखिन्छ । अहिले आएर सोच्दा भारतीय नाकाबन्दीको बेला केपी ओलीमा देखिएको एउटा अडान कसरी पो आयो भन्ने लाग्छ । उनको कार्यशैली हिजो र आजकोमा कुनै भिन्न छैन ।
नाकावन्दीको बेलामा देखाएको अडानले मान्छे वदलिन सक्छ भन्ने ठानेर हामीले पनि साथ दियौँ । तपाईले केपीलाई राष्ट्रवादी देख्नु भो भनेर केही मान्छेहरुले मलाइ पनि उडाउँथे त्यो बेला । अहिले आएर विचार गर्दा नभन्दै ओलीको राष्ट्रवाद र नाकाबन्दीको बेला देखाएको अडान त लाहाको घर जस्तै पो पग्लिने रैछ जस्तो देखियो ।
यातायातमा भएको सिन्डिकेट हटाउँछौ भनेर एक खालको ढोल पिट्ने काम भयो । तर फेरि अवस्था उही । पहिलो कुरा यिनीहरु स्वयँ सिन्डिकेटर हुन् । उनीहरुकै पार्टीभित्रका पूँजीपतिहरुले सरकार र मन्त्रीहरुलाई नै थर्काए । दोस्रो कमिसनको चक्करमा मन्त्रीहरु पर्न गए । नभए सरकारले चाहेर जाबो सिन्डिकेट नहट्ने हुन्छ र ? तर अवस्था त त्यो रहेन नि ।
हामी बोलाैँ बढी बोल्छ भन्छन् । हामीलाई नै आक्रमण गर्न बेर छैन भोलि । तपाईंको मिडिया हाउसमै अक्रमण गर्दिन बेर छैन । किनभने यिनीहरुको त व्यवहार नै असहिष्णु छ । चिन्तन नै असहिष्णु छ । सिन्डिकेट, ठेक्का, सुन काण्ड लगायतका कुरा अहिले त फासफुस भएर गयो नि । यो कुरा त कांग्रेसले फासफुस गर्या होला वा अरु कसैले गर्या होला भन्ने कुरा त कसैले पनि नपत्याउला नि त । तर अवस्था त त्यही देखियो ।
तपाईँसँग शुद्ध असुद्ध जे सम्पति छ त्यसलाई वैधानिकता दिने ठाउँ र चाँडो कमाउने ठाउँ भनेकै अहिले शिक्षा र मेडिकल बनेको छ । नेपालमा पवित्र, अपवित्र लगानी स्वास्थ्य शिक्षामा भित्रिरहेको छ ।
यसका सबै माफियाहरु अहिले हाउसमा छन् । उनीहरु नै अहिले नियम कानून बनाउने ठाउँमा छन् । उनीहरुले आफ्नो अनुकुल मात्रै नियम कानून बनाउन खोज्नु स्वभाविक नै हो ।
मूलतः अहिलेको सरकार यस्तै माफिया र पूँजीपतिको संरक्षणमा रहेको छ । यिनै माफियाहरुको पूँजी व्यवस्थापन गर्ने कमिटीलाई संसदीय प्रणालीमा सरकार भनिन्छ । र यो सरकार यस्तै छ । भ्रष्ट र अपराधी, समाज विरोधीहरुको माखे साङ्लोमा यो देशको मेडिकल शिक्षा परेको छ ।
यसको हतकण्डा अहिले गोविन्द केसी जस्ता डाक्टर बनिरहेका छन् ।
गोविन्द केसीको मागहरु अति नै जायज छन् । तर उनलाई केहीले प्रयोग पनि गरिरहेका छन् । एकातिर केपी ओलीको आवरणमा एकथरी कर्पोरेट हाउसले लगानीको संरक्षणको प्रत्याभूति खोजेको अवस्था छ । अर्कोतिर कांग्रेस, विवेकशीलको ढाडसमा केसीलाई ढाल बनाएर अर्कोथरी माफियाहरुले मेडिकलमा लगानी गर्ने चलखेल गरिरहेका छन् ।
केसी निष्ठावान व्यक्ति हुन् । उनका मागका विषयमा समाधानको बिन्दु पहिल्याउनु आवश्यक छ । केसीको जीवनरक्षा गर्नु आवश्यक छ । उनको असल माग पूरा गरी कहिल्यै फेरि अनसन बस्नुपर्ने अवस्था पुनरावृत्ति नहुनेगरी सम्बोधित हुने वातावरण बन्नु जरुरी छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।
भोलि फेरि मिल्ने बित्तिकै एउटा ज्वाईंलाई टिचिङको डिन बनाइदिन्छन् । अर्को ज्वाईंलाई मनमोहन कलेजको भिसी बनाइदिन्छन् । कुरा सकिहाल्छ । तपाईँ हामी त बेकुवको बेकुव बनि हाल्छौँ । त्यसैले तेरो मेरो नभनी राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नु पर्छ ।
अहिले जो आफूलाई वामपन्थी भनेर सरकारमा आएका तप्का छन् । उनीहरुको एजेण्डा हुनुपर्थ्याे नि । गरिबहरुले पनि गुणस्तरीय र सुलभ रुपमा स्वास्थ्य, शिक्षा पाउनु पर्छ भन्ने । गरिबको छोराछोरीले पनि अधिकार पाउनुपर्छ भन्ने त गोविन्द केसीको एजेण्डा होइनन् । नेपाली कांग्रेस, विवेकशीलको एजेण्डा कहिल्यै हुन सक्दैनन नि त । ती एजेण्डा भनेका त वामपन्थीहरुका हुनु पर्ने । यहाँ त के भइदियो भने वामपन्थीहरुले उठाउनु पर्ने एजेण्डा उनीहरुले उठाइदिनु पर्ने स्थिति आइसकेपछि उनीहरु को हुन् भन्ने प्रश्न उठेन त ? त्यसकारण यिनीहरु इतिहास अगाडि उभिएर म म भन्नुपर्ने ठाउँमा आइपुगेका छन् ।
शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरौं भन्ने आवाज उठेको छ । बरु त्यो गर्न सके अति उत्तम । तर सरकार मुनाफा खोरहरुको कठपुतली हो । त्यसैले उसले यस्तो गर्ला भनेर कल्पना पनि गर्न सकिँदैन ।
सरकारले सार्वजनिक ठाउँमा सभा सम्मेलन तथा विरोधका काम गर्न नपाउने भनेर सर्कुलर नै जारी गर्यो । यो भनेको दूरदर्शिता नबन्नु नै हो । यदि गर्नै थियो भने पनि सर्वदलीय र सर्वपक्षीय सहमतिबाट गर्नुपथ्र्यो । त्यो नगरी एकलौटी ढंगबाट बढ्न खोज्यो ।
यसले सरकार कतै अधिनायकवादतर्फ लम्केको त हैन भन्ने आशंका उत्पन्न गरायो । तर हाम्रो जस्तो देशमा कुनै अधिनायकवाद आउने वाला छैन । कुनै तानाशाह फेरि प्रकट हुने वाला छैन । त्यो कल्पना गर्न सकिन्न । किनकी यिनीहरु उदारवादी र अवसरवादी चरित्रका हुन् । अवसरवादीहरु अधिनायकवाद हुन सक्दै सक्दैनन् ।
बरु कतै अब हाम्रो देशमा यस्तै अवस्था जारी रहिरह्यो भने थाइल्याण्ड काण्ड निम्तिएजस्तो निम्तिने त होइन ? रक्तपात मच्चिने त होइन ? भन्ने आशंकाहरु उब्जाएर गएको छ ।
डा.केसी राजनीतिक विश्लेषक हुनुहुन्छ ।
Khimlal subedi
July 25, 2018, 8:06 p.m.Good
Ganesh
July 23, 2018, 8:31 a.m.सान्दर्भिक टिप्पनि , गोविन्द केसी को नियत्माथि सन्का होइन उनको पुच्छार समाएर बाइतरनि तर्न खोज्ने हरुको पो कुरा बुझिनसक्नुछ।
Navin
July 23, 2018, 7:30 a.m.अब यो देशमा नयाँ शक्तिको आवश्यकता देखिंदैछ / युवाहरुको नयाँ पार्टीले राज्य संचालनको जिम्मा लिनुपर्छ, जहाँ स्नातकले मात्र उम्मेदवार हुन पाउने होस् , इमान्दार र कर्तव्यनिष्ठ मात्र पार्टीको सदस्य हुनेछन /
केशब अधिकारि
July 22, 2018, 4:20 p.m.केपि अाेलि न हिजाे राटबादि थियाे, न अाज र न भाेलि हुनेछ । केवल फगत कुरा गर्न जान्ने गाइ काे मुख परेकाे गधा जस्ता नेता हुन । अरु दुइ बर्ष यिनि टिकिरहे भने अाफ्नाे जस्ताे अर्थतन्त्रकाे किड्नि पनि ड्यामेज पारि हरिकङगाल बनाइ अरु विस वर्ष देशलाइ माथि उठन नसक्ने गरि पछि छाड्ने छ ।अाउनुहाेस उसकाे प्रभुत्व काे विराेध गराै र देशलाइ अनपढ गवार हरूकाे पन्जाबाट मुक्त गराअाै ।