आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
अस्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले २५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।
त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टन अगरले आउट गरेका थिए ।
तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई प्याट कमिन्सले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए ।
कप्तान विराट कोहली १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भए भने श्रेयस अय्यर ४ रन बनाए आउट भए ।
ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौँ विकेटको रुपमा आउट भए भने त्यसलगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए । कुलदीप यादव १७ रनमा रन आउट हुँदा शार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन तथा प्याट कमिन्स र केन रिचर्डसनले दुई-दुई विकेट लिए ।