अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने ‘नागा’ लाई जन्मकैद

 पुस २९, २०७६ मंगलबार १८:५५:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ। 

गत असार ३१ गते शितगंगा नगरपालिका-१२, पथ्थरकोटमा  स्थानीय दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने त्यही ठाउँका  ‘नागा’ भन्ने टेकबहादुर पुनलाई जन्मकैद सजायको फैसला सुनाएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिनुभएकाे हाे । 

बालिकालाई घरमै लगेर जबरजस्ती करणी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (क) अनुसार जन्म कैदको सजाय हुने गरी फैसला भएको श्रेस्तेदार घिमिरेले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया