सुनकाे भाउ ताेलामा सात सय रुपैयाँले बढ्याे

 माघ १, २०७६ बुधबार ११:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार सुन ताेलामा सात सय रुपैयाँले बढेकाे छ ।

बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन ताेलाकाे ७४ हजार रुपैयाँ पुगेकाे थियाे । 

पुस महिनामा सुनकाे भाउ ताेलमा २५ सय रुपैयाँ महँगाे भएकाे थियाे । पहिलो दिन पुस १ गते तोलाको ७१ हजार पाँ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने बढ्दै गएर २३ गते गएको बुधबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुग्यो ।

यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनामा चाँदी तोलामा ३० रुपैयाँ बढेको महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया