चीनकी पहिलाे ट्र्याक्टर चालक महिला तथा राष्ट्रिय व्यक्तित्व लियाङ्ग जुनकाे निधन

 माघ १, २०७६ बुधबार १२:२८:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ –चीनकी पहिलो ट्र्याक्टर चालक महिला तथा राष्ट्रिय व्यक्तित्व लियाङ्ग जुनको ९० वर्षको उमेरमा निधन भएको छ । 

सन् १९४८ मा उनले चिनियाँ महिलालाई जागिरमा सहभागी गराइन्, जतिबेला उनी ट्र्याक्टरको चालकको लागि प्रशिक्षण लिइरहेकी थिइन् । त्यसको एक दशकभन्दा बढी समयपछि चीनको एक–युआन बैंकले नोटमा उनले ट्र्याक्टर चलाएको फोटो गर्वका साथ छापेको थियो । 

‘कसैले पनि मैले जस्तो राम्रो चलाउन सक्ने छैन’, उनले आफ्नो अन्तर्वार्तामा भनेकी थिइन्, ‘र यो जीवनलाई लिएर मेरो कुनै पछुतो छैन ।’

सन् १९३० मा चिनको विकट प्रान्त हेइलोङ्गजियाङ्मा एक गरिब परिवारमा लियाङ्ग जुनको जन्म भएको थियो । उनले बाल्यकालको अधिक समय ग्रामीण विद्यालयमा पढ्दै र खेतबारीमा सघाउँदै बिताइन् । 

सन् १९४८ मा स्थानीय विद्यालयमा ट्र्याक्टर ड्राइभरका लागि प्रशिक्षण सुरु भयो र उनले त्यो मौका गुम्न दिइनन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यो प्रशिक्षण कक्षामा ७० जना विद्यार्थी थिए, जसमा लियाङ्ग जुन मात्र महिला थिइन् । अन्ततः उनले आफ्नो प्रशिक्षण कुशलपूर्वक सम्पन्न गरिन् र देशकै पहिला महिला ट्र्याक्टर चालक बनिन् । 

केही वर्षपछि कम्युनिष्ट नेता माओ जिदोङ्गले ‘पिपल्स रिपब्लिक अफ् चाइना’ बनाउने घोषणा गरे । 

लियाङ्ग जुन एक सदस्यका रुपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) मा आबद्ध भइन् र कृषि मसिनरीको बारेमा अझ धेरै जान्नको लागि उनलाई बेइजिङको एउटा विद्यालयमा पठाइयो । 

आफ्नो पढाइ सकेर उनी हेइलोङ्गजियाङ् फर्किइन् र कृषि मसिनरी अनुसन्धान संस्थानमा काम गर्नका लागि स्वीकृत भइन् । 

सन् १९६२ मा चीनले बैंक नोट छाप्न सुरु गर्‍याे, जसमा लियाङ्ग जुनले ट्र्याक्टरको चलाएको तस्बिर छापिएको थियो । 

कम्युनिष्ट पार्टीले बिस्तारै शहरभन्दा बाहिर रहेका र श्रम गर्ने महिलाहरुलाई प्राथमिकता दिन थाल्यो । 

कम्युनिष्ट पार्टीको इतिहासको अक्सफोर्ड हेडबुकका अनुसार विभिन्न व्यवसायमा महिलालाई आबद्ध गराउनुको पछाडि ‘महिला ट्र्याक्टर चालकको यसअघि यसरी पदोन्नति गरिएको थिएन’ भन्ने भनाइलाई प्रवद्धन गर्नु थियो । 

लियाङ्गको बारेमा पाठ्यपुस्तकमा छापिन थाल्यो र अन्य दर्जनौँ महिलाहरु ट्र्याक्टर चालक बन्न प्रेरित भए । 

उद्योगमा कैयौँ दशक बिताइसकेपछि उनले सन् १९९० मा कृषि मसिनको हार्बिन नगरपालिका ब्यूरोकी अभियन्ताको पदबाट सेवानिवृत्त भइन् । 

पछिल्ला केही वर्षमा उनी विभिन्न रोगबाट ग्रसित थिइन् । सञ्चारमाध्यमका अनुसार उनले बिस्तारै होश गुमाउन थालिन् र अन्त्यमा खाटमा मात्र सीमित भइन् ।

उनको छोरा वाङ्ग यानविङ्गले गएको सोमबार उनको ‘शान्तिपूर्वक’ निधन भएको बताए । ‘उनले एक राम्रो लडाइ जारी राखिन्’, यानविङ्गले एक हार्बिन समाचार संस्थालाई भने, ‘उनलाई पहिलो महिला ट्रयाक्टर चालकको रुपमा सम्झिँदा सधैँ सबैसँग खुशी हुन्थिन् ।’

उनको निधनलाई लिएर धेरैले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।     

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया