रसुवा भन्सार कार्यालयले संकलन गर्‍याे लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व

 माघ १, २०७६ बुधबार १५:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवा भन्सार कार्यालयले गएको पुस महिनामा लक्ष्यभन्दा ७७.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार पुसमा महिनामा ४६ करोड ७८ लाख ९१ हजार लक्ष्य राखिएकोमा ८२ करोड ८३ लाख ५५ हजार राजस्व संकलन भएको हो । 

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा ७ अर्ब ३३ करोड ८९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यो वार्षिक लक्ष्यको ७८ प्रतिशत हो । कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

कार्यालयका अनुसार साउनमा ४६ करोड ७८ लाख ९१ हजार, भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार, असोजमा १ अर्ब ४० करोड ३६ लाख ७४ हजार, कार्तिकमा ९३ करोड ५७ लाख ८३ हजार, मंसिरमा ९३ करोड ५७ लाख ८३ लाख रुपयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।

जसमा साउनमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार, भदौमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार, कार्तिकमा १ अर्ब ४७ करोड १ लाख ११ हजार, मंसिरमा १ अर्ब ९१ लाख ९१ हजार रुपयाँ राजस्व संकलन गरेको हो । 

आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सडक अवरोध नभएको र परियोजनाको सामग्रीको आयात बढेको कारण राजस्व संकलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया