बिग ब्याश लिग : मेलबर्न स्टार्सकाे नवाैँ जित, पर्थ स्कर्चर्स आठ विकेटले पराजित

 माघ १, २०७६ बुधबार १९:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बिग ब्याश लिगमा मेलबर्न स्टार्सले नवौँ जित दर्ता गरेको छ । अस्ट्रेलियामा जारी बिग ब्याश लिग क्रिकेट अन्तर्गत मेलबर्नले पर्थ स्कर्चर्सलाई ८ विकेटको जित दर्ता गरेको हो ।

पर्थले दिएको ८७ रनको लक्ष्य पछ्याउने क्रममा मेलबर्नले राम्रो सुरुआत गरेको थियो । ४७ रन हुँदा हिल्टन कार्टराइटलाई मेलवर्नले गुमाएको थियो । हिल्टनले २५ बलमा १९ रन बनाएका थिए । यसैगरी दोस्रो विकेट टिमको स्कोर ५६ रन हुँदा गुमाएको थियो । मेलवर्नका बेन डंक व्यक्तिगत ८ रनमा पेभेलियन फर्किएका थिए ।

त्यसपछि मार्कस स्टोइनिस ३९ रनमा नट आउट रहँदा सेव गोच १४ रनमा नट आउट रहे ।

बलिङतर्फ पर्थका मिचेल मार्श र फहवाद अहमदले एक-एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ८६ रन बनाउँदै अल आउट भयो । पर्थविरुद्ध मेलबर्नबाट खेलिरहेका सन्दीपले उत्कृष्ट बलिङ गरे । ३ ओभर मात्रै बलिङ गरेका सन्दीपले ७ रन खर्चिएर २ विकेट हात पारे ।

व्यक्तिगत पहिलो ओभरमा ३ तथा दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट हात पारे । लगातार २ विकेट लिएपछि पर्थ दबाबमा परेको थियो । १० रन हुँदा पहिलो विकेट गुमाएको पर्थका लागि लियम लिभिङस्टोन ४ रन बनाएर आउट भए । क्यामरुन ग्रीन पनि ४ रन बनाएर रन आउट भएपछि पर्थले ३९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

ओपनिङमा आएका जोस इंग्लिसले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ३७ रन जोडेका बेला आउट भएपछि पर्थको टिम दबाबमा परेको थियो । टिमको स्कोर ५८ रन भएका बेला चौथो विकेटको रुपमा पर्थले कप्तान मिचेल मार्शलाई गुमायो । मार्स ७ रनमा पेभेलियन फर्किएका थिए । टिम डेभिड पनि ३ रन बनाएर आउट हुँदा पर्थले पाँचौँ विकेट खेर फाल्यो । ६८ रन हुँदा जारोन मोर्गान १ रन बनाएर आउट भए ।

टिमको स्कोर ७६ रन हुँदा क्यामरुन बेन क्रफ्ट रनआउटको स्कार भए । त्यसपछि टिमलाई सन्दीपले आठौँ र नवौँ सफलता दिलाए । टिमको १२.३ ओभरमा क्रिस जोर्डनलाई क्याच आउट गराएका सन्दीपले अर्को बलमान जेई रिचर्डसनलाई पेभेलियन पठाए । १० औँ विकेट भने पर्थले टिमको स्कोर ८६ रन हुँदा फवाद अहमदको रुपमा गुमाएको थियो ।

मेलबर्नका लागि ज्याक्सन कोलमनले ३ विकेट लिँदा सन्दीपले २ विकेट हात पारे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया