उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट ...
बैशाख १२, २०८१ बुधबार
पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आईएस) लडाकूबीच भएको भिडन्तमा कम्तीमा चार सिरियाली सैनिक मारिएका स्थानीय मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिनपछि आइएसले फेरि आक्रमण गरेको बताइएको छ ।
अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परेर ३४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन् । त्यसैगरी १०३ आइएस लडाकू मारिएका जनाइएको छ ।