अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
कास्की - अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा हिमपहिरोमा हराइरहेका पाँचै जनाकाे परिचय खुलेकाे छ ।
हिमपहिरोमा कोरियन पर्यटकहरुम ३८ वर्षीया चोई ह्यो वन, ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु र ५९ वर्षीय जियोङ पिल बोङ तथा नेपाली गाइड सरोज परियार रहेकाे टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
उनीहरु काठमाण्डौको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस्क्याम्प तर्फ गएका थिए । ३ दिने पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता हुन् । उनीहरुको उद्धारको लागि प्रहरी, गाइड र स्थानीयहरु त्यस क्षेत्रमा पुगिसकेका छन् ।
उद्धारका लागि मौसम सफा भएपछस हेलिकप्टरसहित उद्धार टोली प्रस्थान गरिसकेको छ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।