राजकुमार ह्यारी र मेगनले शाही उपाधि र सार्वजनिक कोषको प्रयोग गर्न नपाउने

 माघ ५, २०७६ आइतबार ७:४:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायती शाही उपाधि छोड्ने फैसलापछि राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले अब शाही उपाधि (रोयल हाइनेस) र सार्वजनिक कोषको प्रयोग गर्न पाउने छैनन् । 

बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र उनकी पत्नी मेगनले गएको शनिबार भएको सम्झौताअनुसार शाही परिवारको वरिष्ठ सदस्यता छोडेपछि यी सुविधाको लाभ लिन सक्दैनन् । 

यो वर्षको वसन्त ऋतुमा नयाँ व्यवस्था लागू भएपछि ह्यारी र मेगनको शाही परिवारको सक्रिय सदस्यताको दर्जा पनि सकिनेछ । उनीहरु केवल 'ड्युक अफ् ससेक्स ह्यारी' र 'डचेस अफ् ससेक्स मेगन' को रुपमा चिनिने छन् र उनीहरुले 'हिज रोयल हाइनेस' र 'हर रोयल हाइनेस' उपाधिको प्रयोग गर्न पाउने छैनन् । 

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो । 

यद्यपि ह्यारी राजकुमार र बेलायती शाही गद्दीको छैटौ सदस्य भने बनिरहने छन् । 

महारानी एलिजावेथ द्वितीयको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हामीसँगै मिलेर मेरो नाति र उसको परिवारको लागि सिर्जनात्मक र सहयोगात्मक बाटो खोजिएको छ । ह्यारी, मेगन र अर्चि सधैँ मेरो परिवारको प्रिय सदस्य हुनेछन् ।’

प्यालेसका अनुसार ह्यारी दम्पतीले विन्डसर क्यासलको घर मर्मतमा खर्च भएको करदाताहरुको २४ लाख पाउण्ड राशिको रकम पनि फिर्ता गर्नेछन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया