न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भएको छलफलमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको हो ।
ती कार्यालयमा सङ्घीय सरकारले कर्मचारीको व्यवस्थापन गर्ने सैद्धान्तिक सहमति गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यसअघि मन्त्री गुरुङले प्रदेश १, प्रदेश २ गण्डकी प्रदेश र प्रदेश ५ का सामाजिक विकास मन्त्रीसँग ललितपुरमा सामूहिक भेट गरी सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने बताउनु भएको थियो ।