सानिमा बैंक र  ग्रान्डी अस्पतालबीच सम्झौता

 माघ ५, २०७६ आइतबार २०:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकहरुकाे स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । 

सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालकाे साझेदारीमा रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्नसक्ने छन् । साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गर्नुभएकाे थियाे । 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाण्डाैको टोखामा रहेकाे स्वास्थ्य उपचारसम्बन्धी उच्चस्तरीय सेवा दिने अस्पताल हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया