ए डिभिजन लिग : दोस्रो जित निकाल्दै फ्रेण्ड्स क्लब तेह्राैँबाट नवाै स्थानमा

 माघ ५, २०७६ आइतबार २०:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले दोस्रो जित दर्ता गर्दै तालिकामा एकै पटक चार स्थान माथि उक्लिएको छ ।

सातौँ चरणको खेलअघि १३ औं स्थानमा रहेको फ्रेण्ड्सले आइतबार पुछारको सरस्वतीविरुद्ध ४–१ काे जित निकाल्दै नवौँ स्थानमा उक्लिएको हो । पहिलो जीत निकाल्दा थ्रीस्टारलाई पराजित गरेको थियो । आजको खेलमा सरस्वतीविरुद्ध फ्रेण्ड्स क्लबले शुरुमै अग्रता लिएको थियो । 

फ्रेण्ड्सको जितमा उत्तम राईले दुई तथा वाग्नर डो क्याम्रो र सौलो डी अग्यौनोले एक एक गोल गरे । सरस्वतीका लागि कजिम बुसारीले एक गोल फर्काए । 

पाँचौं मिनेटमा वाग्नर डो क्याम्रोको पासलाई उत्तम राईले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुदेखि नै दबाबमा रहेको सरस्वतीले २४ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । फ्रेण्ड्सका फिलिप डी सौजाले प्रहार गरेको फ्री किकलाई सौलो डी अग्यौनो गोलमा परिणत गरेका थिए । पहिलो हाफमा २ गोल गरेको फ्रेण्ड्सले दोस्रो हाफमा पनि २ गोल थप्दा १ गोल खान पुगेको थियो ।

त्यस्तै आइतबार नै भएको पहिलो खेलमा एनआरटी विजयी भएको थियो ।

एनआरटीले विभागीय क्लब एपीएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै तीन अंक लिएको हो । एनआरटीको जारी लिगमा चौथो जीत हो । चार खेलमा जीत र एक खेलमा बराबरी खेलेको एनआरटीको ११ अंक छ । गत संस्करणको २ अंक घटाइएकाले ११ अंकका साथ पाँचौँ स्थानमा रहेको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया