प्रदेश ५ काे विपक्षी दलका नेता पोखरेलको निधन

 माघ ६, २०७६ सोमबार १५:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - प्रदेश नम्बर पाँचका नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको साेमबार दिउँसाे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढमा निधन भएको हो ।

गएकाे वर्ष माघमा छातीमा संक्रमण देखिएपछि काठमाण्डौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा फोक्सोको क्यान्सर देखिएको थियो । त्यसपछि विभिन्न असपतालमा उपचार गराएकाे भए पनि क्यान्सर निकाे हुन सकेन । बरु क्यान्सरका् संक्रमण शरीरका अन्य अङ्गमा पनि फैलिन गयाे ।  

रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पताल उपचार गराउँदा निको हुने सम्भावना नरहेको चित्किसकले बताएपछि घरमै राखेर उपचार गरिँदै थियाे । 

प्रदेश सभाकै ज्येष्ठ सदस्य रहनु भएका स्वर्गीय पोखरेल नेपाली कांग्रेसकोतर्फबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बन्नु भएको हो ।  

१९९४ साल माघ १९ गते प्युठानको तुसारामा जन्मनु भएका पाेखरेलले २०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीतिक यात्रा थाल्नु भएकाे थियाे । 

पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल पनि पर्नु भयाे । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव हुनुभएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म बन्नुभयाे ।

स्वर्गीय पोखरेलका ४ छोरा २ छोरी र श्रीमती हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया