लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
रसुवा – रसुवागढी नाकाबाट १५ दिन सामग्री आयात तथा निर्यात नहुने भएको छ । ल्होसारका कारण चीनमा सार्वजनिक बिदा हुने भएकाले आयात र निर्यात प्रभावित हुने भएको हो ।
चिनियाँ भन्सारका अनुसार मङ्गलबारदेखि त्यहाँ सार्वजनिक बिदा दिइएको छ । सोमबार झण्डै ६० वटा गाडीमा सिल गरिएको थियो । सिल लगाइएका गाडी भने नेपाल आउने तयारीमा छन् ।
सार्वजनिक बिदा सकिएपछि मात्रै त्यहाँ सिल लगाउने काम सुरु हुने नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताउनु भयो । चीनको केरुङमा रहेका व्यापारी तथा व्यवसायी सोमबारदेखि नै फर्कन थालेका छन् ।
त्यसैगरी चीनको केरुङभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने स्थानमा पहिरो गएपछि चिनियाँ पक्षले मुलाडाँडामा यातायात सेवा रोकेको छ । सिल लागेका गाडीहरू तल आउन नसकेर केरुङ तथा पाङसिङमा रोकिएका छ ।
सडक नखुल्दा शुक्रबार सिल लगाइएका गाडीसमेत नेपाल आउन पाएका छैनन् ।