रियल मड्रिडले भित्र्यायाे ब्राजिली युवा खेलाडी

 माघ ७, २०७६ मंगलबार ९:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिडले ब्राजिली युवा खेलाडी रिनियर जिससलाई अनुबन्धन गरेको छ ।

रियल मड्रिडले १८ वर्षीय जिससलाई २६ मिलियन पाउण्डमा भित्र्याएको हो । उनी ६ वर्षका लागि रियल मड्रिडमा अनुबन्धन भएका हुन् ।

गएकाे वर्षमात्र क्लबस्तरमा फ्लेमिङ्गोबाट डेब्यू गरेका जिससकाे टिमले उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता बनेका थिए । यसका साथै उनले कतारमा क्लब विश्वकप पनि खेलेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया