अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्ण समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
यससँगै सापकोटा सर्वसम्मतरुपमा सभामुख चयन हुने लगभग निश्चित जस्तै बनेको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ ।
नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ ।