चीनसँग नेपालको सांस्कृतिक र सामाजिक सम्बन्ध जाेडिएकाे छ : गृहमन्त्री थापा

 माघ ७, २०७६ मंगलबार २०:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनुभएको छ । 

चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । नेपाल-चीन सम्बन्ध प्राचीन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताउनुभयो । 

गएकाे असोजमा भएको चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उहाँले बताउनुभयो । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोगप्रति धन्यबाद ज्ञापन गर्नुभयो ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रमसमेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया