मैदान प्रवेश गरेकाे ६ मिनेटमै अग्युराेकाे गाेल, म्यानचेस्टर सिटी विजयी

 माघ ८, २०७६ बुधबार ७:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि जित निकालेको छ । बेन्चमा रहेका सर्जियो अग्युराेले मैदान प्रवेश गरेकाे ६ मिनेटमै गोल गर्न सफल भएपछि सिटीले शेफिल्डलाई एक–शून्यले हरायो ।

शेफिल्ड युनाइटेडको मैदानमा भएको खेलमा ग्याब्रियल जेससले प्रहार गरेको पेनाल्टी शेफिल्डका गोलकिपरले रोकेपछि पहिलो हाफमै सिटीले अग्रता लिने मौका गुमाएको थियो । ६७औँ मिनेटमा मैदान प्रवेश गरेका अग्युरोले ७३औँ मिनेटमा केभिन डी ब्रुयनको पासलाई गोलमा परिणत गरेका थिए । 

त्यसको केही सेकेण्ड अघिमात्र शेफिल्डले गोल गर्ने राम्रो मौका पाएको थियो । जसमा ओली म्याकबुर्नीले खाली पोस्टमा गोल गर्ने मौका गुमाएका थिए । 

जितसँगै सिटीले तालिकामा ५१ अङ्क बनाएको छ । सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अङ्कले अघि छ । शेफिल्ड भने ३३ अङ्कसहित सातौँ स्थानमा छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया