'शुक्रबारसम्म पानी र हिउँ पर्ने सम्भावना छैन'

 माघ ८, २०७६ बुधबार ७:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन । तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने उहाँले बताउनु भयो ।

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया