प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – 'कोपा डेल रे' को सर्वाधिक सफल टिम बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको इबिजालाई दुई–एक गाेल अन्तरले हरायो । ३० पटकको कोपा डेल रे च्याम्पियन बार्सिलोनालाई जित दिलाउनका लागि एन्ट्वान ग्रिजम्यान नायक बने ।
सुरुमै एक गोलले पछि परेको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल फर्काउन सफल भयो । लियोनल मेस्सी र जेरार्ड पिकेलाई आराम दिइएको खेलमा इबिजाले नवौं मिनेटमै अग्रता लियो । इबिजाको मैदानमा भएको खेलमा जाभी पेरेजको गोलमार्फत घरेलु टिमले अग्रता लिएको थियो ।
७२औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि इन्ज्युरी समयमा पनि ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । बार्सिलोनाले अहिलेसम्म ३० पटक कोपा डेल रेको उपाधि जितिसकेको छ भने पछिल्लो पाँच सिजनमा मात्र चार पटक च्याम्पियन भइसकेको छ ।
रियल मड्रिड पनि सालमान्कालाई तीन–एक गाेलले हराउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । तेस्रो डिभिजनको पुछारमा रहेको सालामान्कालाई हराउनका लागि ग्यारेथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने अर्को एक गोल रियलले आत्मघाती पाएको थियो ।
१८औँ मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६२औँ मिनेटमा हुवान गोंगोराले आत्मघाती गोल गर्दा रियल मड्रिडले अग्रता लियो । इन्ज्युरी समयमा डियाजले गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो ।
सेभिया, एथ्लेटिक क्लब, भ्यालेन्सिया, ग्रानाडा, भिल्लारियल र रियल सोसियडाड पनि प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन् ।