राेनाल्डाेले गाेल गर्दा युभेन्टसले राेमालाई हरायाे

 माघ ९, २०७६ बिहिबार ७:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसाेसियाजियाेन स्पाेर्टिभा (एएस) रोमालाई हराउँदै युभेन्टस कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलमा युभेन्टसले रोमालाई तीन–एक गाेल अन्तरले हरायो । 

युभेन्टसको मैदानमा भएको खेलमा रोनाल्डोले पहिलो गोल गरेका थिए । खेलको २६औँ मिनेटमा हिग्वेनको क्रशमा रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए ।रोनाल्डोको याे पछिल्लो १० खेलमा १३औँ गोल हो ।

रोड्रिगाे बेन्टानकुरले ३८औँ मिनेटमा र लियोनार्दो बोनुचीले इन्ज्युरी समयमा गोल गर्दा युभेन्टसले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो ।

५०औं मिनेटमा युभेन्टसका गोलकिपर बुफनको आत्मघाती गोलका कारण रोमाले खाता खोल्यो । सेन्गिज अन्डरको प्रहार बारमा लागेर फर्किँदा बुफनलाई ठोकिएपछि गोल भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया