सामान्य विवादमा छुरा प्रहार गरेर साथीकाे हत्या

 माघ ९, २०७६ बिहिबार ८:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – रक्सी खाएपछि सामान्य विवाद हुँदा छुरा प्रहारबाट एक किशाेरकाे ज्यान गएकाे छ ।  

भक्तपुर नगरपालिका ६ भोलाछेंमा बुधबार साँझ सामान्य विवादपछि छुरा प्रहार हुँदा भक्तपुर उपमहानगरपालिका १० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।  

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्धपोखरीमा रहेकाे कान्तिपुर गेस्ट हाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिनुभयो ।

चार/पाँच जना साथीहरुसँगै बसेर रक्सी खाएपछि सामान्य विवाद हुँदा सुवालको छातीमा साथीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र व्यासी कालोपाटीबाट छुरा पनि बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया