ए डिभिजन लिग : थ्रीस्टारकाे चौथो जित

 माघ ९, २०७६ बिहिबार १४:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले चौथो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई गोल अन्तरले हराउँदै लिगको तेस्रो स्थानमा उक्लियो ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले सुरुवातदेखि नै शेर्पामाथि दबाब बनाएको थियो । यो सिजन स्टार खेलाडीबिना नै मैदानमा खेलिरहेको थ्रीस्टारले शेर्पाविरुद्ध भने प्रभावशाली जित हात पार्यो ।

खेलको छैटौँ मिनेटमा सुशील राईको गोलमा शेर्पाले अग्रता बनायो । तर ४४ औंँ मिनेटमा शेर्पाले खेल बराबरी गर्न सफल भयो । उसका लागि स्टेफेन समिरले गोल गरे । थ्रीस्टारको डिफेन्समा देखिएको अन्योलको फाइदा उठाउँदै उनले गोल गरेका हुन् ।

तर त्यसका एक मिनेटमा फेरि थ्रीस्टारले खेलमा अग्रता लियो । ४५ औंँ मिनेटमा सञ्जोक राईले गोल गरेपछि थ्रीस्टार पहिलो हाफमा दुई एकले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि थ्रीस्टारले आफ्नो दबाबलाई कायमै राख्न सफल भयो । ५० औंँ मिनेटमा वासीयु ओलादिरानले गोल गर्दै थ्रीस्टारको अग्रता तीन एकमा पुर्याए ।

त्यसपछि पनि थ्रीस्टारले दुई वटा मौका गुमाउँदै शेर्पा एउटा राम्रो अवसर खेर फाल्यो ।

यो जितले थ्रीस्टारले आठ खेलमा चार जित दुई बराबरी र दुई हारका साथ १४ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । यसका साथै उसले शीर्ष स्थानमा रहेको आर्मीसँगको दूरी तीन अंकमा झारेको छ । शीर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको समान १३–१३ अंक छ ।

लिगमा शेर्पाको यो तेस्रो हार हो । उसका आठ खेलमा सात अंकका साथ ११ औंँ स्थानमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया