मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ

 माघ १०, २०७६ शुक्रबार १५:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रहरी कार्यलय कास्कीले गण्डकी प्रदेश सभाका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरुङविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङलाई पक्राउ गरेको छ । उहाँलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएकाे हाे । 

कास्कीका डीएसपी राजकुमार केसीले र्बैंकिङ कसुर गरेको अभियोगमा अनुसन्धानका लागि गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । 

जिल्ला अदालत कास्कीले प्रहरीलाई पक्राउको अनुमति दिएलगत्तै उहाँ पक्राउ पर्नुभएको हो । गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको उजुरी परेपछि बिहीबार प्रहरीले सांसद मनाङेलाइ पक्राउ गरेको थियो ।

 प्रहरीले म्याद थपेर मनाङ्गेमाथि अनुसन्धान गरिरहेको अवस्थामै गुरुङ पनि पक्राउ पर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया