सापकोटामाथि कुनै मुद्दा छैन : नेकपा अध्यक्ष दाहाल

 माघ १०, २०७६ शुक्रबार १६:४३:२९ | रासस
unn.prixa.net

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनु भयाे ।

दाहालले भन्नुभयो, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन’, सिङ्गै संसदले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो । यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नुकाे कुनै औचित्य छैन ।’ 

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताउनुभयो । 

प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै दाहालले प्रश्न गर्नुभयो, ‘यहाँ सुरक्षा खतरा पैदा भएको छ र? मलाई त केही भएजस्तो लागेको छैन । ’

प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उहाँले बताउनुभयो । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आउनुभएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया