कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली घाइते भएकी छिन् ।
उनी काठमाण्डाैमा शुक्रबार भएको पाँचौँ आरबीबी एनभीए महिला भलिबल च्याम्पियनशिपको फाइनलमा घाइते भएकी हुन् । तेस्रो सेटको खेलमा एपीएफविरुद्ध सट प्रहार गर्ने क्रममा न्यु डायमण्ड क्लबकीसमेत खेलाडी माली घाइते भएकी हुन् ।
सट प्रहार गर्ने क्रममा खुट्टामा चोट लागेलगत्तै उनी मैदान बाहिरिएकी थिइन् । उनको ब्लुक्रस अस्पतालमा परीक्षण भइरहेको छ ।
३ अंकले अग्रता बनाएको न्यु डायमण्डले त्याे सेट जिते पनि चौथो सेटमा भने प्रतिभाको अभाव खड्किीएको थियो । जसमा एपीएफ २५–१८ ले विजयी हुँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो ।