अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

 माघ १०, २०७६ शुक्रबार १८:२:१६ | रासस
unn.prixa.net

काठमाण्डौ - संयुक्त राज्य अमेरिकामा गएकाे साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

बिहीबार सार्वजनिक भएकाे विवरणमा बेरोजगार भत्ता लिन आवेदन दिनेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ ।

जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ ।

तथ्याङ्क विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजुक अवस्थामा रहेको देखिएको छ । 

तर अमेरिकी श्रम बजारमा गएकाे डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । 

अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३‍.५ प्रतिशत पुगेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया