८ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

 माघ १०, २०७६ शुक्रबार १९:३७:५६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - आठ लाख रुपैयाँ घुससहित जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी सुुर्खेतमा पक्राउ परेका छन् ।

केसीलाई बिहीबार दिउँसो वीरेन्द्रनगर अख्तियार दुरुपयोग अनुुसन्धान आयोग सुर्खेत कार्यालयले पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिने क्रममा केसीलाई रंगेहात पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी मेघराज सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेका केसीमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  

 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया